धनकुटा जिल्लाको कृषियोग्य जमिनमा सिंचाइको व्यवस्था गरी कृषि उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने र जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यबाट जिल्ला भित्र मानव वस्ती तथा कृषियोग्य जमिन लगायत अन्य भौतिक सम्पतिको बचाउ गर्न सहयोग पुर्याउने ।
१. मझौला सिंचाई आयोजना सम्बन्धि क्रमागत उप-आयोजनाहरु सञ्चालन गर्ने र किसानबाट संकलन भएका योजनाहरुको विस्तृत अध्ययनबाट संभाव्य भएका योजनाहरुको स्वीकृतिको कार्यविधि पुरा गरी प्राथमिकताको आधारमा कार्यान्वयन प्रक्रिया अगाडी बढाउने र आयोजना पहिचान गर्ने कार्य गर्ने ।
२. नयाँ प्रविधिमा आधारित सिंचाई योजना सम्बन्धी मागफाराम किसान बाट संकलन गर्ने, प्रारम्भीक सर्वे गरी उचित भएमा स्वकृतिको लागि खानेपानी, सिंचाई तथा उर्जा मन्त्रालय, विराटनगरमा पठाउने र क्रमागत उप आयोजनाहरु सञ्चालन गर्ने र विस्तृत अध्ययन बाट संभाव्य भएका योजनाहारुको स्वीकृती गर्ने तथा कार्यविधि पुरा गरी प्राथमिकताको आधारमा कार्यान्वयन प्रक्रिया अगाडी बढाउने ।
३. उपभोक्ता समितिहरुको माग बमोजिम आवश्यकताको आधारमा क्षतिग्रस्त सिंचाई योजनाहरुको मर्मत सम्भार गर्ने
४.आपतकालीन बाढी पहिरोबाट क्षति पुर्याएको सिंचाई योजना र नदि तथा पहिरो नियन्त्रणको लागि HDPE पाइप तथा तारजाली उपलब्ध गराउने कार्य गर्ने