वि.सं:
नेपाल संवत: ११४५ दिल्लागा एकादशी - २६
प्रदेश सरकार | ||
खानेपानी, सिंचाइ तथा उर्जा मन्त्रालय | ||
जलस्रोत तथा सिंचाइ विकास डिभिजन, धनकुटा कोशी प्रदेश | ||
नागरिक वडापत्र | ||
1 | सेवा प्रदान गर्ने कार्यालय र स्थान | जलस्रोत तथा सिंचाइ विकास डिभिजन, धनकुटा मार्फत धनकुटा जिल्ला भरि । |
2 | सेवा उद्देश्य | धनकुटा जिल्लाको कृषियोग्य जमिनमा सिंचाइको व्यवस्था गरी कृषि उत्पादन वृद्धि गर्न सहयोग पुर्याउने र जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यबाट जिल्ला भित्र मानव वस्ती तथा कृषियोग्य जमिन लगायत अन्य भौतिक सम्पतिको बचाउ गर्न सहयोग पुर्याउने । |
3 | सेवाको प्रकार | (क) नयाँ सिंचाइ योजनाहरुको निर्माण गर्ने एवं निर्माण सम्पन्न भएका सिंचाइ प्रणालीहरुको मर्मत संभार एवं व्यवस्थापन गरी सिंचाइको लागि पानी उपलब्ध गराउने । (ख) कृषकहरुलाई सिंचाइ सम्बन्धी प्राविधिक परामर्श सेवा तथा तालिम उपलब्ध गराउने । (ग) भू-क्षय, पहिरो, बाढीको प्रकोप न्यूनीकरण तथा नदी नियन्त्रणसंग सम्वन्धी कार्य स्वीकृत कार्यक्रम अनुसार गराउने । (घ) नयाँ प्रविधिमा आधारित सिंचाइ (स्प्रिङकल, ड्रिप, सोलार लिफ्ट तथा पोखरी निर्माण) योजनाको निर्माण गर्ने । |
4 | कार्यगत प्रचार | योजना संचालन गर्नु अघि स्थानीय स्तरमा गरिने भेला गोष्ठी, अनुगमन मुल्यांकन तथा | संस्थागत विकास शाखाबाट गरिने तालिम, गोष्ठी, भ्रमण मार्फत जानकारी, परिचयात्मक कार्यक्रम, मन्त्रालयका प्रकाशनहरु, बार्षिक कार्यक्रम तथा प्रगति विवरणहरु । |
5 | सेवाको गुणस्तर | स्वीकृत नर्म्स तथा स्पेसिफिकेसनमा तोकिए अनुसार । |
6 | सूचनासम्म पहुँच | व्यक्तिगत सम्पर्क, कार्यालयको सूचनापाटी, टेलिफोन, पत्रपत्रिकाहरु सामाजिक संजाल तथा इन्टरनेट मार्फत |
7 | नयाँ योजना माँग | याँ तथा सुदृढिकरण गर्ने योजनाहरू माग गर्दा " योजना अनुरोध फारम " भरि पेश गर्नु पर्ने | र उक्त फारम यस डिभिजनको संस्थागत शाखामा उपलब्ध हुने । |
8 | सेवाग्राही समूहहरू | सिंचाइ उपभोक्ता कृषकहरू, प्रकोपजन्य क्षेत्रका बासिन्दाहरु । |
9 | सेवा उपलब्धहुने प्रकृया | (क) सिंचाइ सेवा उपलब्ध गर्न चाहने उपभोक्ताहरूको माग भए पछि पहिचान भएका योजनाहरु मध्येवाट प्राथमिकताका आधारमा विस्तृत संभाव्यता अध्ययन गर्दा संभाव्य देखिएका योजनाहरुलाई श्रोत व्यवस्था गरी निर्माण गरिने । (ख) सिंचाइ योजनाहरूको मर्मत संभारको लागि उपभोक्तावाट माग भए पछि संभाव्यता अध्ययन गरी प्राथमिकताका आधारमा श्रोतको व्यवस्था गरी मर्मत संभार गरिने । (ग) जनसहभागिता परिचालन गरी निर्माण सुदृढीकरण तथा मूर्मत गरिने योजनाहरुमा सिंचाइ 'नीतिमा उल्लेख भए अनुसार जनसहभागिता आवश्यक पर्नेछ । |
10 | सेवा बापत लाग्ने दस्तुर | (क) उपभोक्ता संस्था नयाँ दर्ता गर्दा रु. १००/- र विलम्व शुल्क तिरी नविकरण गर्दा थप दस्तुर रु. १००/- को नगदी रसिद काट्नु पर्नेछ । (ख) योजना माग गर्दा तपशिल बमोजिम धरौटी जम्मा गरेको प्रमाण भौंचर माग संलग्न राख्नु पर्नेछ । १, मझौला सिंचाइ योजनाका लागि प्रति हेक्टर रु. ५०/- २, नयाँ प्रविधिमा आधारित सिंचाइ योजनाका लागि प्रति हेक्टर रु.१००/- ३. सि. एम.आइ. ए. एस. पी. (एडीबी) योजनाका लागि प्रति हेक्टर रु. १००/- (ग) अन्य कामको लागि नियमानुसार तोकिए बमोजिमको रकम दस्तुर वापत लाग्ने छ । |
11 | लाग्ने समय | (क) उपभोक्ता संस्थाको नयाँ दर्ता गर्नको लागि आवश्यक कागज पत्र संलग्न भई आएमा ७ दिन र नविकरण कार्यगर्न आवश्यक कागज पत्र संलग्न भई आएमा दुई दिन भित्र सम्पन्न गरिनेछ । (ख) आपतकालीनको लागि साधन श्रोतले भ्याएसम्म यथाशिघ्र र अन्यको हकमा स्वीकृत बार्षिक कार्यतालिका अनुसारको समयावधि आवश्यक हुनेछ । (ग) कार्यालयवाट नागरिकलाई प्रदान गरिने सेवा र सुविधामा प्रभावकारिता ल्याई आम नागरिकहरूको हुनसक्ने काम नियमानुसार सोही दिननै गरिनेछ । |
12 | सम्वन्धित ऐन नियम | (क) जलश्रोत नीति, ऐन तथा नियमावली, सिंचाइ नीति, नियमावली तथा निर्देशिका (ख) सार्वजनिक खरिद ऐन तथा नियमावली (ग) आर्थिक कार्यविधिसम्बन्धि ऐन तथा नियमावली (घ) अन्य प्रचलित ऐन तथा नियमहरू । |
13 | सम्पर्क राख्नु पर्ने व्यक्ति | यस डिभिजनका विभिन्न सम्बद्ध शाखा प्रमुखहरु |
14 | उजुरी / गुनासो सुन्ने व्यक्ति | कार्यालय प्रमुख बाहेक अन्य कर्मचारीको हकमा भए कार्यालय प्रमुख र कार्यालय प्रमुखको हकमा भए सम्बन्धित मन्त्रालय । |
15 | उजुरी गर्ने सरल प्रक्रिया | (क) मौखिक तथा लिखित (ख) उजुरी पेटिकामा उजुरी निवेदन हालेर । |
16 | गुनासो सुनुवाई र समाधान | गुनासोको आधारमा तुरुन्त सुनुवाई गरि समाधानको लागि यथासिघ्र पहल गरिनेछ । |